Ma Aafailai Prem Garna Thaleki Chhu | Ramita Karki | Unspoken Poetry | Nepali Poetry
By Ramita Karki

मलाई त्यो स्थितिमा पुग्नु छैन जहाँ म हाँस्न, रम्न खोज्दा पछि त्यही बोझका पहाडहरूले पछि धकेलोस् कसैलाई सधै खुसी बनाउने चाहनामा मलाई मेरो अनुहारको सुन्दर मुस्कान कोपिला चुडे झै चुड्नु छैन... म खुलेर हाँस्दा पागल ठान्छौ भने पनि आफ्नो हाँसोलाई म रोक्ने छैन किनकि म खुसी मेरो लागि तिम्रो लागि होइन... म रुँदै गर्दा यदि कायर् नै सम्झन्छौ भने पनि मलाई केही भन्नु छैन, किनकी म तिम्रो लागि रोएकी होइन । हजारौ बोझ साम्य गरी मन सान्त गर्न आफ्नै लागि रोएकी हुँ माया, प्रेम छ भन्दैमा, हरक्षण कसैले दिएको पीडा, अत्याचार र रुवाईलाई सहने छैन किनकि, मलाई कसैको बन्दकी हुनु छैन । मूल्य, मान्यता पालना गर्दै अगि बढ्दै गर्दा म डाहा छुटी खुट्टा तान्छौ भने पनि पछाडी फर्की हार मान्नेमा कहिले पर्ने छैन । शारीरिक बनोट मेरो जस्तो भएपनि म आफैमा खुसी छु भने खोट देखाउनै पर्ने, त्यो तिम्रो चासोको कुरा होइन । हो... आज म, आफैलाई प्रेम, विस्वास गर्न थालेकी छु । हजारौ खोट भएपनि, आत्मविश्वासको कदम चलेकी छु ।

Comments.
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
khfwafkl
Guest
2 years ago

nice

For me, literature is a way of enlarging myself by learning about people who are not like me.
More From Ramita